ताजा समाचार

भारतीय दलाल भन्दै नेपाल पुलिस क्लबको गेटमै प्रधानमन्त्री देउवा र प्रचण्डको पुत्ला जल्यो

काठमाडौं, २ असार । दुई नम्वर प्रदेशको चुनाव सारेको विरोधमा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको छ । एमाले निटक विद्यार्थी संगठन अनेरास्ववियूले आज प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुत्ला जलाएको हो । विद्यार्थीहरुले प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लबको गेट अगाडि नै पुत्ला जलाएका हुन् । विद्यार्थीहरुले देउवा र प्रचण्डका विरुद्ध नाराबाजी समेत गरेका थिए ।

माउ पार्टी एमालले चुनाव सार्ने सरकारी निर्णयको हिजो नै विरोध गरेको थियो । सत्तारुढ दलहरुको बैठकले राजपालाई पनि चुनावमा सहभागी गराउन भन्दै २ नम्बर प्रदेशको चुनाव असोज २ गते गर्ने निर्णय गरेको थियो । अरु प्रदेशहरुको भने यथावत मिति असार १४ मै गर्ने निर्ण गरेका थिए । उक्त निर्णय गरेलगक्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले राप्रपा लगायतका दलले विरोध जनाएका थिए । उनीहरुले राजपा सारिएको मितिमा पनि चुनावमा आउने कुनै ग्यारेन्टी नभएको भन्दै मिति सार्नु गलत भएको बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org