ताजा समाचार

रोल्पामा चुनावी मोर्चा सम्हाल्न माओवादीले १० वटै स्थानीय तहमा कमाण्डर तोक्यो

रोल्पा, ४ असार । माओवादी केन्द्रले स्थानीय तहको चुनावका लागि रोल्पामा कमाण्ड ताकेको छ । १० वटा स्थानीय तह रहेको रोल्पामा माओवादी केन्द्रले ‘कमाण्डर’हरु तोकेको हो । जनयुद्धमा माओवादीको आधार किल्ला मानिएको रोल्पाको चुनावी मोर्चा सम्हाल्न नेताहरु सम्बन्धित नगरपालिका र गाउँपालिकामा खटिएका छन् ।

माओवादीले वर्षमान पुन ‘अनन्त’लाई रोल्पा नगरपालिका र माडी गाउँपालिकाको कमान्डरको जिम्मेवारी दिईएको छ । त्यस्तै कुलप्रसाद केसी ‘सोनाम’लाई रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिका र जोखमबहादुर महरा ‘प्रताप’लाई सुवर्णावती गाउँपालिका र लुंग्री गाउँपालिकाको जिम्मेवारी दिइएको छ ।

सुकिदह गाउँपालिकामा दीपेन्द्र पुन ‘सिजल’, दुईखोली गाउँपालिकामा जयपुरी घर्ती, सुनछहरी गाउँपालिकामा मानबहादुर बुढा र थबाङ गाउँपालिकाको कमाण्डरमा झक्कु सुवेदी खटिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org