ताजा समाचार

जनकपुर तनाबग्रस्त, पूर्वराज्यमन्त्रीसहित दुई दर्जन नेता कार्यकर्ता पक्राउ

जनकपुर, ४ असार । प्रहरीले पुर्व सुचना तथा सञ्चार राज्य मन्त्री सरिता साहसहित दुई दर्जन राजपा नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । मनोनयन दर्ताको विरोधमा बन्द आह्वान गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचन आयोगले आजको लागि तय गरेको मनोनयन दर्ताको विरोधमा बन्द आह्वान गरेका राजपाका कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका थिए ।

आफूहरुको माग सम्बोधन नभई प्रदेश नम्बर १, ५ र ७ मा दोस्रो चरणको स्थानीय तहको चुनाव गर्न लागिएको भन्दै आक्रोशित राजपाका कार्यकर्ताले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा पुर्वराज्य मन्त्री साह, राजपा धनुषा संयोजक प्रमेश्वर साह सहित दुई दर्जन नेता कार्यकर्ता पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

धरपकडका क्रममा दुई जना विभा ठाकुर र सरिता शर्मा बेहोस समेत भएका छन् । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । यसैबीच प्रदर्शनकारीले जनकपुर उप महानगरपालिकाको ल्याण्ड कृजर गाडीमा तोडफोड गर्नुका साथै ब्यानर समेत च्यातेका छन् । अहिले पनि जनकपुरको अवस्था तनावग्रस्त छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org