ताजा समाचार

सत्तापक्ष र प्रतिपक्षबीच तालमेल नमिल्दा संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्न सकेन्

काठमाडौं, ५ असार । सर्वोच्चमा रिक्त प्रधानन्यायाधीश सिफारिसका लागि बसेको संवैधानिक परिषद् बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असहमति जनाएपछि प्रधानन्यायाधीश सिफारिस गर्न सकेन् । एमालेले कायममुकायम प्रधानन्याायाधीश गोपाल पराजुलीको नाममा असमहमति जनाएपछि विना निष्कर्श टुंगिएको हो ।

सोमबार बिहान सिंहदरवारमा बसेको संवैधानिक परिषद्को बैठकमा एमालेका अध्यक्ष एवम प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पराजुलीको नाममा असहमति जनाएका हुन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पराजुलीलाई प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

जेठ २४ गते प्रधानन्यायाधीश सुशीला कार्कीले अवकाश पाएपछि न्यायालयको सर्वोच्च प्रशासन कायम मुकायमको भरमा चलिरहेको छ ।न्याय परिषदले जेठ ३० गते प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको थियो। रोष्टरमा नाम सामेल भएकामध्ये न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठले अवकाश पाइसकेका छन्।

अब वरिष्ठतम न्यायाधीश पराजुली, न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा, जगदिश शर्मा पौडेलमध्येबाट प्रधानन्यायाधीश सिफरिस हुनेछ। प्रचलन अनुसार वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने परम्परा छ। सिफारिस प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सकिएपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org