ताजा समाचार

गोर्खाल्याण्डको पक्षमा उभिदैं बाबा रामदेबले मोदीको ध्यानाकर्षण गराए (भिडियोसहित)

काठमाडौं, ५ असार । प्रख्यात योग गुरु बाबा रामदेवले नेपाली भाषीको गोर्खाल्याण्ड आन्दोलनमा समर्थन जनाएका छन् । उनले आन्दोलनको समर्थन गर्दै गोर्खाल्याण्ड बन्नुपर्ने आफ्नो धारणा राखेका छन् ।

गोर्खालीको जायज माग रहेको भन्दै सञ्चारकर्मीसँग उनले भनेका छन– वर्षौदेखि भारतका लागि लडेका गोर्खाहरुले मागेको गोर्खाल्याण्ड दिनुपर्छ । भारतमा पञ्जाबी, मराठी, तमिल भाषाहरुको छुट्टै राज्य बन्न हुने तर दार्जिलिङमा गोर्खाल्याण्ड किन बन्न नहुने ? यसकारण नेपाली भाषीहरुको माग जायज छ । नेपाली भाषीहरुले एउटा राज्यको माग गर्नु कुनै अपराध होइन् । त्यसैले भारतीय सरकारले नेपाली भाषीको यो माग पूरा गर्नुपर्छ ।’

नेपालीहरुको माग पूरा गर्न भारतीय सरकारको ध्यानाकर्षण समेत गराएका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गराउँदै उनीहरुको मागको सम्बोधन गर्न आग्रह गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org