ताजा समाचार

निर्वाचन आयोगले आज दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिँदै

काठमाडौं, ६ असार । निर्वाचन आयोगले आज दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिँदैछ । स्थानीय तहको दोस्रो चरणको चुनावका लागि मनोनयन दर्ता गराएका दल तथा स्वतन्त्र उम्मेदवारलाई आज चुनाव चिन्ह प्रदान गर्न लागेको हो ।

असार १४ गतेका लागि तय भएको स्थानीय तह दोस्रो चरणको चुनावका लागि प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा कायम भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन दर्ता गराएका पार्टी तथा स्वतन्त्र उम्मेदवारलाई आयोगले चुनाव चिन्ह दिने भएको हो ।

बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन चाहनेले फिर्ता लिन पाउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता लिएपछि अन्तिम नामावली प्रकाशन गरिनेछ ।

दोस्रो चरणको चुनावमा ३ सय ३४ तहका ८ हजार ३ सय ६४ केन्द्र र ४ हजार ५ सय ८१ स्थानमा चुनाव हुने आयोगले जनाएको छ । दोस्रो चरणमा एक महानगरसहित सात उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा चुनाव हुनेछ । त्यस्तै ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले मतदानमा भाग लिने आयोगले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org