ताजा समाचार

गृहमन्त्री शर्माद्धारा आचारसंहिता उल्लंघन गर्दै मध्य रातमा माओवादी उम्मेदवारलाई भोट माग्दै

नेपालगञ्ज, ६ असार । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले निर्वाचन आचार संहितको उल्लघंन गरेका छन् । सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री ‘प्रभाकर’ आचार संहिता विपरीत नेकपा माओवादी केन्द्रको चुनाव प्रचारमा सहभागी भएको भेटिएको हो ।

सोमबार दिउँसो नेपालगञ्जमा प्रदेश नम्बर ५ का केही जिल्लाहरुको सुरक्षा गोष्ठी राखिएको थियो । सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री शर्मा माओवादी केन्द्रको चुनावी कार्यक्रममा पनि सहभागी भएका थिए । जुन निर्वाचन आचार संहिता विपरीत हो ।

गृहमन्त्री शर्माले राति १० बजे खजुरा गाउँपालिकाको रनियाँपुरमा माओवादीको चुनावी सभालाई सम्बोधन गरेका छन् । माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज आईपी खरेलले गृहमन्त्रीले चुनावी सभालाई सम्बोधन गरेको पुष्टि गरे ।

उनले भने–‘हिजो रनियाँपुरको सभालाई सम्बोधन गर्नुभयो । आज बिहान बैजनाथ गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी भएर गृहमन्त्रीज्यू धनगढीतर्फ लाग्नुभयो ।’ निर्वाचन आचारसंहिताविपरीत चुनावी सभामा हिँडेको भन्दै विरोध भएपछि गृहमन्त्री शर्माले केही मिनेटमै फर्किएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org