ताजा समाचार

भरतपुर १९ को मतपत्र प्रकरणबारे सर्बोच्च अदालतमा आजै फैसला आउने सम्भावना

काठमाडौं, ६ असार । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः चुनाव गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ । पटक-पटक सर्दै आएको भरतपुर प्रकरणको मुद्दाको पेशी सर्वोच्च अदालतले संयुक्त इजलासको पहिलो नम्बरमा परेको छ ।

कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासमा दुवै पक्षका वकिलले बहस गरेपछि फैसला आउनेछ । भरतपुर महानगरपालिकाको मतगणना चलिरहेका बेला माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि गणना स्थगित भएको थियो ।

आयोगको टोलीले छानविन गर्दा ९० ओटा मतपत्र च्यातिएको भेटिएको थियो । आयोगले छानविनपछि भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदानको लागि निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो । तर आयोगको निर्णयमा चित्त नबुझेपछि वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्बोच्चमा रिट दायर गरेका थिए ।

उनीहरुको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले तत्काल पुनः मतदानको निर्णय कार्यान्वयन नगर्न अन्तरकालिन आदेश दिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org