ताजा समाचार

इलामको माङ्गसेबुङ्ग–६ मा एमाले दलित महिला सदस्य उम्मेदवार निर्विरोध निर्वाचित

इलाम, ६ असार । इलामको माङ्गसेबुङ्ग ६ मा एमाले दलित महिला सदस्य उम्मेदवार निर्विरोध निर्वाचित भएकी छन् । एमालेकी दलित महिला सदस्य उम्मेदवार धनकुमारी विश्वकर्मा निर्विरोध निर्वाचित भएकी हुन् ।

स्थानीय तहको चुनावका लागि विश्वकर्माले वडा नम्बर ६ बाट वडा सदस्यमा आइतबार उम्मेदवारी दर्ता गराएकी थिईन् । अरु कसैले पनि उम्मेदवारी नदिएको र दाबी विरोध पनि नपरेकाले विश्वकर्मा निर्विरोध निर्वाचित भएकी माङ्सेबुङका निर्वाचन अधिकृत कृष्णकुमार कार्कीले जानकारी दिए ।

चार नगरपालिका र ६ गाउँपालिकासहित ८१ वडा रहेको इलाममा ९१ जना दलित जनप्रतिनिधि निर्वाचित हुने मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org