ताजा समाचार

माओवादी केन्द्र ७ नम्बर प्रदेश ईन्चार्ज लेखराज भट्टका भाईको घरमा बम प्रहार

कैलाली, ९ असार । नेकपा माओवादी केन्द्रबाट कैलालीको कैलाली नगरपालिकाका मेयरका उम्मेदवार गोकर्ण भट्टको घरमा बम प्रहार भएको छ । आज बिहान करिब २ बजेतिर अज्ञात समुहले भट्टको घरमा बम प्रहार गरेका हुन् ।

बम प्रहारबाट घरका सिसा फुटेको छ भने अन्य सामान्य क्षती भएको प्रहरीले जनाएको छ । उम्मेदवार गोकर्ण माओवादी केन्द्र ७ नम्बर प्रदेश ईन्चार्ज तथा पुर्व श्रममन्त्री लेखराज भट्टका भाई हुन् ।

यसको अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बम कसले प्रहार गराएको खुल्न सकेको छैन् । उम्मेदवार भट्टले भने आफ्नो लोकप्रियता देखेर विरोधीहरुले बम प्रहार गरेको हुन सक्ने बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org