ताजा समाचार

उम्मेदवारीको पक्षमा समर्थन जुटाउन परराष्ट्रमन्त्री महरा भारत भ्रमणको तयारीमा

काठमाडौं, १२ असार । उप प्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आसन्न स्थानीय तहको निर्वाचन लगत्तै भारत भ्रमणमा जाने तयारीमा जुटेका छन् ।

भारतसँगको कूटनीतिक सम्बन्ध विस्तार र संयुक्त राष्ट्र संघको मानव अधिकार काउन्सिल सदस्यमा नेपालले दिएको उम्मेदवारीको पक्षमा समर्थन जुटाउन मन्त्री महरा भारत भ्रमणको तयारीमा रहेको परराष्ट्र स्रोतले जनाएको छ ।

मन्त्री महरा अहिले रोल्पामा छन् । बुधबारको निर्वाचन पछि यही साता दिल्लीको तयारीका लागि काठमाडौं फर्कने आजको नेपाल समाचारपत्रमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org