ताजा समाचार

विप्लवले बम आतंक जारी राखे कारबाही गर्न सेना परिचालन गर्ने गृहमन्त्रीको चेतावनी

दाङ, १२ असार । गृहमन्त्री जनार्दन शर्माले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘नेकपा’ लाई बम नपड्काउन चेतावनी दिएका छन् । स्थानीय तहको निर्वाचन बहिष्कार गरिरहेको विप्लव पार्टीलाई गृहमन्त्री शर्माले आतंक शिर्जना नगर्न चेतावनी दिएका हुन् ।

रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले सोमबार बिहान तुलसीपुरमा आयोजना गरेको साक्षत्कारमा ‘विप्लव’ समूहले निर्वाचन बहिस्कार गर्दैमा कुनै असर नपर्ने दाबी गरे । ‘निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको छ’, उनले भने, ‘निर्वाचन बहिस्कार गर्ने ‘विप्लव’ समूहलाई जनताले खिल्ली उडाइदिएका छन् ।’

उनले भने, ‘जनक्रान्तिको भेष्ट लगाएर थवाङ र पाखापानीमा निर्वाचनमा सहभागी भएको तपाईले पनि सुन्नु भएको होला । कतै सहभागी हुने र कतै बहिस्कारको कुरा गर्नु नीतिगत रुपमा मिल्दैन ।’

बम विस्फोट गराएर आतंक सृजना गरेर मतदाताको अधिकार नखोस्न ‘विप्लव’ समूहलाई गृहमन्त्री शर्माले चेतावनी दिए । ‘निर्वाचनलाई शान्ति पूर्ण रुपमा सम्पन्न गराउन नेपाल प्रहरीले प्रमुख जिम्मेवारी पाएको छ । त्यसपछि सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिन्छ’ उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org