ताजा समाचार

दाङको राप्ती गाउँपालिकाको मतदान केन्द्र पानीमा डुब्यो, कोठाभित्र मतदानको व्यवस्था

दाङ, १४ असार । वर्षाका कारण दाङको राप्ती गाउँपालिकाको अधिकांश मतदान केन्द्रमा निर्वाचन कार्यक्रम प्रभावित भएका छन् । वर्षाका कारण दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाको मतदान केन्द्र पानीमा डुबेको छ । पानीले भरिएपछि मतदाता र कर्मचारीलाई काम गर्न समस्या परेको छ ।

मतदान केन्द्रका प्रशस्त मात्रामा पानी जमेपछि पानी निकास गराएर काम सुचारु गर्ने तयारी भईरहेको छ । उता देउखुरीको लमहीमा पानी परेर मतदान प्रभावित भएको छ । लमही नगरपालिका ६ दुमदुमा केन्द्रमा विद्यालयको कोठाभित्र मतदानको व्यवस्था मिलाइएको छ ।

बाहिर चौरमा मतदानको तयारी गरिए पनि पानी परेर सम्भव नभएपछि मतपेटिका सहितका निर्वाचन सामाग्री कोठाभित्र राखिएको छ । कर्मचारीहरु पनि विद्यालयको कोठाभित्र बसेका छन् । बाहिर चौरमा मतदाताहरु रुझ्दै लाइनमा बसेका छन् । कतिपयले छाता ओढे पनि ठूलो पानी परिरहेकाले समस्या परेको गुनासो गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org