ताजा समाचार

डडेल्धुराको असीग्राम मन्दिरमा पूजापाठपछि प्रधानमन्त्री देउवाद्धारा मतदान

डडेल्धुरा, १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट मतदान गरेका छन् । गन्यापधुरा गाउँपालिका–१, असीग्राम मावि रुवाखोला मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदान गर्नुअघि उनले दश मिनेटको कच्ची सडकमा रहेको असीग्राम मन्दिरमा गई पूजापाठ गरेका थिए ।

प्रधानमन्त्री देउवाले ८ बजेर २० मिनेटमा मतदान गरेका थिए भने पत्नी आरजु राणा देउवाले पनि मतदान गरेकी छन् । देउवा दम्पती डडेल्धुरा सदरमुकामस्थित स्याउवारी भ्यु टावरमा बसेका थिए । प्रधानमन्त्री देउवा मतदान गरि धनगढी फर्कने कार्यक्रम छ ।

आइतबार डडेलधुरा सदरमुकाममा भएको चुनावी सभालाई सम्बोधन गरेपछि सदरमुकाममै रहेका प्रधानमन्त्री देउवा र पत्नी आरजु देउवा आज विहानै मतदान केन्द्र गएका थिए । डडेलधुरामा २७४ जनप्रतिनिधिका लागि ११ सय ८ २० मा ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org