ताजा समाचार

सोलुखुम्बुको नेचासल्यानमा कोही पनि भोट हाल्न आएनन्, कर्मचारी फुर्सदिला

सोलुुखुम्बु, १४ असार । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका वडा नम्बर ६ मा कुनैपनि मतदाताले मतदान गरेका छैनन् । विहान साढे ११ बजेसम्म एक जना पनि मतदान गर्नको लागि मतदान केन्द्रमा नआएको नेचा सल्यान गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए ।

कूल ५ वटा मतदान केन्द्र र २४ सय भन्दा बढी मतदाता रहेको सो गाउँपालिकाको वडा नम्बर ६ मा कसैले पनि उम्मेदवारी दिएका छैनन् । यद्यपि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने उम्मेदवारी परेको छ ।

सिमांकनको विषयमा कुरा नमिलेपछि झण्डै सात महिनादेखि आन्दोलनमा रहेको सो वडामा सबै दलले सहमति गरेर नै निर्वाचनमा सहभागी नहुने निर्णय गरेका थिए । यसरी कोही पनि मतदाता मतदान गर्न नआएपछि ५ वटा मतदानकेन्द्र रहेको सो वडाका सबै कर्मचारीहरु फुर्सदिला बनेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org