ताजा समाचार

बाजुरामा मतदान रोचकः किरियापुत्रीदेखि एकसय वर्ष पार गरेकाले सम्म मतदान

बाजुरा, १४ असार । बाजुरामा किरियापुत्रीले डेढ घण्टाको पैदल यात्रा गरेर मतदान गरेका छन् । दाजुको किरिया बसेका बाजुरा बडिमालिका –८ राप्कका उज्जल थापाले डेढ घण्टाको पैदल यात्रा गरी मतदान गरेका हुन् । उनले बालमन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन् ।

त्यस्तै बडिमालिका नगरपालिका–७ की एक सय पाँच वर्षकी दुधकला जोशीले चुथी मतदान केन्द्रमा मतदान गरेकी छन् । त्यस्तै बडिमालिका नगरपालिका–६ की एक सय एक बर्षकी चुली बडुवालले नेरा मावि मतदान केन्द्रमा मतदान गरेकी छन् ।

जिल्लाको सदरमुकाम मार्तडीबाट ६० कोष टाढाको हिमाली गाउँपालिकाको गुम्बा मतदान केन्द्रमा विहान आठ बजेमात्र मतदान शुरु भएको हो । त्यही गाउँपालिकाको नदपाटा मतदान केन्द्रमा बम भेटिएको थियो । पछि उक्त नेपाली सेनाले बम निष्क्रिय पारेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org