ताजा समाचार

डोटीको शिखर नगरपालिका–१ मा कांग्रेसको प्यानल विजयी, जिल्लामा पनि काँग्रेस नै अगाडी

डोटी, १६ असार । डोटीको शिखर नगरपालिका– १ नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका खडकबहादुर शाही ६ सय ३३ मत ल्याएर प्यानलसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेत्रबहादुर शाहीले ४ सय ३ ल्याए ।

यस्तै शिखर नगरपालिकाको मेयरमा कांग्रेसका सिताराम जोशीले ६१९ मत ल्याएका छन् भने उपमेयरमा काँग्रेसकै धौलीदेवी रावलले ६३६ मत ल्याएकी छन् । यस्तै मेयरमा एमालेबाट शेरबहादुर मल्लले ४ सय ५१ र उपमेयरमा राधिका बोहराले ४०६ मत ल्याएकी छन् । डोटीका ६ स्थानीय तहमा नेपाली कांग्रेस, २ वटामा एमाले र १ वटामा माओवादी केन्द्र अग्रता लिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org