ताजा समाचार

कैलालीको ताजा मतपरिणामः कुन कुन स्थानीय तहमा को-को विजयी

कैलाली, १६ असार । कैलालीमा पनि मत परिणाम आउने क्रम जारी छ । टीकापुर नगरपालिका वडा नम्बर ३ र ६ मा फोरम लोकतान्त्रिकको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा फोरम लोकतान्त्रिकका बलिराम चौधरी प्यानलसहित विजयी भएका हुन् । अहिले वडा नम्बर २, ५, ४ को मतगणना जारी छ ।

वडा नम्बर ३ को वडा अध्यक्षमा रामसेवक महतो ५४० मत, बिना थारु महिला सदस्य ५३६ मत, भागिदेवि कामी दलित सदस्य ५५२, कालिराम थारु सदस्य ५३२ र सदस्यमा माओवादी केन्द्रका लहानु चौधरी ५३० मत ल्याएर विजयी भएका छन् । जानकी गाउँपालिकाको वडा नम्बर ९ मा नेकपा एमालेको अध्यक्ष खगेन्द्र भण्डारीको पुरै प्यानल विजयी भएको छ । अध्यक्ष भण्डारीले ८ सय ४८ मत प्राप्त गरि विजयी भएका हुन् । त्यस्तै वडा नम्बर ८ माओवादी केन्द्र र फोरम लोकतान्त्रिको मिश्रित टीम विजयी भएको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका डम्बर चौधरी विजयी भएका छन् । भजनीमा माओवादीले खाता खोलेको छ । वडा नम्बर २ मा माओवादी केन्द्रका दुर्गा पुनको टीम विजयी भएको छ ।

जोशीपुर गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार हेमलाल डंगौरा ४५१ मत ल्याई बिजय भएका छन् । भने वडा नम्बर ४ मा नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार लखनलाल चौधरी ६१३ मतसहित पुरै टीम विजय भएको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ११ बाट नेकपा माओवादी केन्दका उम्मेदवार विनोद चौधरी ५७४ मतसहित पुरै टीम बिजय भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org