ताजा समाचार

१ नम्बर प्रदेशको पहाडमा एमालेलाई ‘शानदार’ सफलता, माओवादीको ४५ मध्ये ६ स्थानमा विजयी

काठमाडौं, १८ असार । प्रदेश नम्बर १ का पहाडी जिल्लामा नेकपा एमालेले सफलता हासिल गरेको छ । झापा, मोरङ र सुनसरी बाहेकका ११ वटा जिल्लामा एमालेले नेपाली कांग्रेसलाई धेरै नै पछाडि छाड्ने प्रारम्भिक संकेत देखिएको छ ।

प्रदेश नम्बर १ को चुनावी विश्लेषण यस्तो छः

प्रदेश नम्बर १ मा कुल १३७ स्थानीय तह छन् । यसमा झापा, मोरङ र सुनसरीका ४५ स्थानलाई घटाउँदा पूर्वी पहाडमा ९३ स्थानीय तह बाँकी रहन्छन् । तराईका तीन जिल्लाको चुनावी नतिजा अहिलेसम्म आइसकेको छैन ।

प्रदेश नं १ का पहाडी जिल्लाका ९३ सीटमध्ये शनिबार साँझ ७ बजेसम्म ४५ स्थानको चुनावी नतिजा आइसकेको छ । अब ४८ स्थानको मात्रै नतिजा आउन बाँकी छ ।

एमालेलाई २९ स्थान

प्राप्त ४५ सीटको नतिजामा एमालेले २९ स्थानमा जित हात पारेको छ । कांग्रेसले अहिलेसम्म १० स्थानमा मात्रै जित हात पारेको छ । माओवादीले ६ स्थानमा जित हात पारेको छ । एमालेले ताप्लेजुङ र पाँचथरबाट दुईरदुई स्थान जितेको छ भने इलामबाट पनि दुई स्थानमा जितिसकेको छ ।

त्यसैगरी संखुवासभा पनि एमालेले २ स्थानमा जितेको छ । भोजपुर र तेह्रथुममा भने उसले ४र४ स्थानीय तहमा जितिसकेको छ । त्यस्तै खोटाङमा ३ र धनकुटामा ४ स्थानमा एमालेले जितेको छ । एमालेले उदयपुरमा ३ र सोलुखुम्बुमा २ स्थानमा जित हात पारेको छ । ओखलढुंगामा भने एमालेले खाता खोलेको छैन ।

कांग्रेसलाई १० स्थान मात्र

प्रदेश नम्बर १ का पहाडी जिल्लामा ४५ स्थानको नतिजा आएकोमा नेपाली कांग्रेसको पक्षमा अहिलेसम्म १० स्थान मात्रै हात परेको छ ।नेपाली कांग्रेसले पाँचथर, खोटाङ र ओखलढुंगामा एकरएक स्थान जितेको छ । त्यसैगरी भोजपुर र ताप्लेजुङमा कांग्रेसले दुई/दुई स्थानमा जित हात पारेको छ । संखुवासभामा उसले ३ स्थानमा जित हात पारेको छ ।

पूर्वी पहाडमा नेपाली कांग्रेसको चुनावी नतिजा निकै कमजोर देखिएको छ । प्रदेश नम्बर १ का कुल १३७ स्थानमा बहुमत पाउने लक्ष बोकेको नेपाली कांग्रेसको पोजिसन मोरङ र सुनसरीमा अपेक्षाकृत राम्रो देखिए पनि पहाडी जिल्लाले एमालेलाई भारी अग्रता दिलाउने संकेत देखिएको छ ।

माओवादीको जित ६ स्थानमा

प्रदेश नम्बर १ का पहाडी जिल्लामा माओवादी केन्द्रको पोजिसन निकै कमजोर देखिएको छ । अहिलेसम्म प्राप्त ४५ स्थानीय तहको नतिजा आउँदा माओवादीले ६ सीटमात्रै जितेको छ । माओवादीले अहिलेसम्म ओखलढुंगा, उदयपुर, भोजपुर र खोटाङमा एकरएक स्थान जितेको छ । उसले सोलुखुम्बुमा दुई स्थानमा जितेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org