ताजा समाचार

खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा एमाले विजयी

खोटाङ, १८ असार । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा नेकपा एमालेका दिपनारायण रिजाल ५ हजार ३ सय ४३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दि नेपाली कांग्रेसका राजनशेर राईले ४ हजार ७ सय १८ मत ल्याए । उपमेयरमा पनि एमालेकी विनादेवी राई विजयी भएकी छन् ।

उनले ५ हजार ३ सय ६७ मत ल्याईन् । उनका निकटतम प्रतिद्वन्दि माओवादी केन्द्रका होमकाजी आचार्य बिनोदले ४ हजार ६ सय २७ मत पाए । खोटाङका १० स्थानीय तहमध्ये एक नगरपालिका र २ गाउँपालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org