ताजा समाचार

अछामको पञ्चदेवल नगरपालिका तथा ढकारी र बान्नीगडी गाउँपालिकामा कांग्रेस विजयी


अछाम, १८ असार । अछामको ढकारी गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका र बान्नीगडी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी भएको छ । ढकारी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका धनबहादुर बुढा र उपाध्यक्षमा लक्ष्मी साउद विजयी भएका हुन् ।

त्यस्तै पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा कांग्रेसका देवराज देवकोटा र उपमेयरमा कांग्रेसकै अम्बिका चलाउने विजयी भएकी छन् । बन्नीगडी गाउपालिकामा नेपाली कांग्रेस–माओवादी गठबन्धनबाट अध्यक्ष पदका कांग्रेसका राजेन्द्र खडका र उपाध्यक्षमा माओवादी केन्द्रका लोकबहादुर साउद विजयी भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org