ताजा समाचार

बझाङमा मत गणना सम्पन्नः एमाले ८ र कांग्रेस ४ तहमा विजयी (सूचीसहित)

बझाङ, १८ असार । बझाङका १२ वटै स्थानीय तहको मत गणना सम्पन्न भएको छ । असार १४ गतेको बेलुकाबाटै मत गणना सुरु भएको बझाङमा आईतबार मत गणना कार्य सम्पन्न भएको हो । जसमा एक नगरपालिकासहित ७ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

त्यस्तै एक नगरपालिकासहित ३ वटा गाँउपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । १२ वटै स्थानीय तहमा मत गणना कार्य शान्ति पुर्ण तरिकाले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बझाङमा माओवादी केन्द्र, राप्रपा लगायतका अन्य पार्टी निल भएका छन् ।

नेकपा एमालेका विजयी भएका स्थानीय तहः

१. दुर्गा थली गाँउपालिका
अध्यक्ष, प्रयागराज जोशीलेः १५९०
उपाध्यक्ष, पार्वती देवि जप्रेलः १६१२

२. मष्टा गाउँपालिकाः
अध्यक्ष, कर्ण बहादुर कठायतः २१४२
उपाध्यक्ष, भगवती बोहराः २१६५

३. थलारा गाँउपालिकाः
अध्यक्ष, भुवनेश्वर उपाध्यायः २७७८
उपाध्यक्ष, गंगु देवि खडायतः २६६३

४. विथ्थड चिर गाँउपालिकाः
अध्यक्ष, प्रेम बोहराः २७११
उपाध्यक्ष, जानकी बोहराः २८२६

५. तल्कोट गाँउपालिकाः
अध्यक्ष, लाल बहादुर विष्टः २०६४
उपाध्यक्षः धनलक्ष्मि खत्रिः २०५७

६. जयपृथ्वी नगरपालिकाः
मेयर, विरेन्द्र खड्काः ३०४०
उपमेयर, जुना देवि जाग्रीः ३४१५

७. केदार स्युँ गाँउपालिकाः
अध्यक्ष, ईन्द्र भण्डारीः २८१५
उपाध्यक्ष, निशा धामीः २३६२

८. छविस पाथिभेरा गाँउपालिकाः
अध्यक्ष, अक्कल धामीः २२८९
उपाध्यक्ष, राधिका रतालाः २२२३

नेपाली काँग्रेस विजयी भएका स्थानीय तहः

१. बुंगल नगरपालिकाः
मेयर, धन बहादुर विष्टः ५२५९
उपमेयर, मिना देवि बोहरा जाग्रीः ५३६०

२. काँडा गाँउपालिकाः
अध्यक्ष, राजेन्द्र धामीः ३९४
उपाध्यक्ष, कल्पना बोहरा?ः ३९४

३. सुर्मा गाँउपालिकाः
अध्यक्ष, नर बहादुर बोहराः १७४८
उपाध्यक्ष, सुनीता पुजाराः १७४१

४. खप्तड छान्ना गाँउपालिकाः
अध्यक्ष, बर्क रोकायाः २२७९
उपाध्यक्ष, धिरा रोकाया खत्रिः २२५१

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org