ताजा समाचार

बर्दियाको मधुवन नगरपालिकाको मेयर उपमेयर दुवैमा माओवादी विजयी

बर्दिया, १८ असार । बर्दियाको मधुवन नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । मधुवनको मेयरमा केन्द्रका गणेश केसी (कृष्ण) ८ हजार ४ सय ३१ मत प्राप्त गरी वियजी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दुर्गा वलीले ५ हजार ९ सय २३ मत ल्याए ।

त्यस्तै उपमेयरमा पनि माओवादी केन्द्रकै शुभरानी थारु ७ हजार ५ सय २३ मत ल्याएर विजयी भईन् । उनका निकटतम प्रतिस्पर्धी हिरा कुमारी चौधरीले ५ हजार ९ सय ४२ मत प्राप्त गरिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org