ताजा समाचार

कञ्चनपुरको शुक्लाफाँटाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

कञ्चनपुर, १९ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ । मेयरमा कांग्रेसका दीलबहादुर ऐर ६ हजार ४ सय ३२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रणबहादुर महराले ५ हजार २ सय २९ मत पाए ।

उपमेयरमा भने एमालेकी तुलसी हमाल विजयी भएकी छन् । हमाल कांग्रेसकी धर्मा विष्टभन्दा ८३ बढी मत ल्याएर विजयी भएकी हुन् । हमालले ५ हजार २ सय ९३ मत ल्याउँदा नेपाली कांग्रेसकी विष्टले ५ हजार २ सय १० मत ल्याईन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org