ताजा समाचार

आइतबारदेखि स्थगित धनगढीको मतगणना सुचारु

धनगढी, १९ असार । आइतबारदेखि स्थगित भएको धनगढी उपमहानगरपालिकाको मतगणना सुचारु भएको छ । सर्वदलीय बैठकको निर्णयपश्चात वडा नम्बर २, ३ र १७ को मतगणना सुचारु भएको हो ।

सोमबार बिहान बसेको सर्वदलीय बैठकमा क्षेत्रीय निर्वाचन कार्यालयबाट मतदान अधिकृतहरुलाई उपलब्ध गराइएका सिलका नम्बरहरु तथा मतदान केन्द्रमा मतपेटिकामा सिल लगाउँदा उम्मेद्वार र उम्मेद्वारका मतदान प्रतिनिधिहरुलाई उपलब्ध गराइएको सिल नंम्बरहरु मिलेमा उम्मेद्वार वा प्रतिनिधिको रोहवरमा मतपेटिका खोली मतगणना गर्ने निर्णय भएपश्चात मतगणना सुचारु भएको हो ।

मतदान सकिएपछि बनाइने मुचुल्का मुख्य निर्वाचन अधिकृतले नदेखाएपछि नेकपा एमाले, माओवादी र स्वतन्त्रका उम्मेदवारको बिरोधका कारण मतगणना स्थगित भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org