ताजा समाचार

कैलालीको टिकापुरमा अप्रत्यासित रुपमा एमालेको उदय, उपमेयरमा कांग्रेस विजयी

कैलाली, २० असार । कैलालीको टिकापुर नगरपालिकाको मेयरमा सुरुवातदेखिनै अग्रता लिईरहेका उम्मेदवारलाई हराउँदै नेकपा एमाले विजयी भएको छ । सुरुवातदेखिनै अग्रता लिएका फोरम लोकतान्त्रिकका लोटन चौधरी र बीचमा अग्रता लिएका ललितबहादुर थापालाई पछि पार्दै एमालेका तपेन्द्र रावल विजयी भएका हुन् । उनले ५ हजार ९५९ मत प्राप्त गरेर मेयरमा विजयी भएका हुन् । उपमेयरमा भने नेपाली कांग्रेसकी केशरी विष्ट विजयी भएकी छन् ।

तपेन्द्रका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका ललितबहादुर थापाले ५६१० मत ल्याए । उपमेयरमा विजयी कांग्रेसकी केशरीरु विष्टले ६ हजार २३६ मत ल्याउँदा माओवादी केन्द्रकी उम्मेदवार आशाकुमारी चौधरीले ५५५३ मत ल्याइन् ।

चौधरी बाहुल्य रहेको टिकापुर नगरपालिका संविधान जारी हुनुभन्दा एक महिनाअघि २०७२ भदौ ७ गतेको हत्याकाण्डका कारण पनि चर्चित थियो । थारु प्रदेशको माग गर्दै भएको त्यस आन्दोलनमा प्रहरी विशिष्ठ अधिकृतसहित ८ जनाको मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org