ताजा समाचार

मोरङको सुन्दर हरैचा नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

मोरङ, २० असार । मोरङको सुन्दर हरैचाको मेयरमा कांग्रेस विजयी भएको छ । काँग्रेसका शिव ढकाल १६ हजार ८ सय २१ मत ल्याएर मेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका केदार गुरागाईंले १५ हजार ८ सय ५३ मत प्राप्त गरे ।

उपमेयरमा भने एमालेकी धना तामाङ विजयी भएकी छन् । उनले १५ हजार २ सय ७८ मत प्राप्त गरिन्, भने उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विन्दा दाहाल थापाले १३ हजार ९० मत प्राप्त गरिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org