ताजा समाचार

पृथ्वी राजमार्गमा यात्रुबाहक बस नालातर्फ पल्टिँदा सातजना घाइते

चितवन, २० असार । इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा बस पल्टिँदा ७ जना घाइते भएका छन् । आज बिहान अन्दाजी २ः२५ बजे काठमाडौँबाट धनगढी जादै गरेको ना ६ ख २४६८ नम्बरको बस अनियन्त्रित भई नालातर्फ पल्टिएको थियो ।
घाइतेको तनहुँको छिम्केस्वरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org