ताजा समाचार

प्रधानमन्त्री देउवालाई साझा सवालमा पुर्‍याउने व्यक्ति अरु कोही नभएर उनकै पत्नी आरजु

काठमाडौं, २१ असार । आईतबार बिबिसीबाट प्रशारित साझा सवाल निकै विवादित बनेको छ । साझा सवालको ५०० सयऔं शृखंलामा प्रधानमन्त्री शेरबहादुर देउवासँगको कार्यक्रम निकै विवादित बनेको हो । साझा सवालमा प्रधानमन्त्री देउवाको उत्तर दिने शैली र प्रश्नकर्ताको प्रधानमन्त्रीलाई प्रश्न गर्ने शैलीप्रति वादविवाद भईरहेको छ ।

साझा सवालमा प्रधानमन्त्री देउवालले दिएको अभिव्यक्ति र प्रस्तुतीलाई लिएर विशेषगरी सामाजिक सञ्जालमा विभिन्न टीका टिप्पणी भइरहेका छन् । कार्यक्रममा सहभागीले प्रधानमन्त्रीलाई गरेको अपमानपूर्ण व्यवहार र प्रधानमन्त्रीको अनुत्तरदयी जवाफपछि नेपालीबीच विश्वव्यापी रुपमै अहिले प्रधानमन्त्रीलाई उक्त कार्यक्रममा अन्तर्वार्ताका दिनका लागि सल्लाह दिने को होलान भन्ने जिज्ञासा पैदा भएको छ ।

प्राप्त जानकारीअनुसार प्रधानमन्त्रीको अन्वर्तार्ताका लागि साझा सवालले आरजु देउवामार्फत पहल गरेको थियो । आरजुले उहाँ मिडियामा त्यति आउन चाहने मान्छे त होइन, तर म कन्भिन्स गर्छु भनेर बिबिसी साझा सवाललाई वचन दिएकी थिइन् । सोहीअनुरुप समय तोकिएको घटना र बिचार साप्ताहिकमा खबर छ ।

प्रधानमन्त्री देउवाले औपचारिक रुपमा प्रेस सल्लाहकार राखिसकेका छैनन् । तर पनि उनलाई आफू निकट पत्रकारको खाँचो थिएन । तर, साझा सवालमा जाने कि नजाने, केका लागि जाने ? आफ्नो एजेन्डा के हो ? त्यहाँ गएर आफूले के सन्देश दिने भन्नेबारे कसैसँग सल्लाह गरिएको थिएन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org