ताजा समाचार

अबिरल वर्षाले कञ्चनपुर सदरमुकाम जलमग्न, टहरा बनाएर शिविरमा बसेकाहरु समस्यामा

कञ्चनपुर, २१ असार । अविरल वर्षापछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर जलमग्न भएको छ । मंगलबारदेखि निरन्तर परिरहेको अविरल वर्षापछि सदरमुकाम महेन्द्रनगर जलमग्न भएको हो । मंगलबार रातिदेखि ठूलो वर्षा भइरहेको छ । महेन्द्रनरगको मुख्य बजार, शिक्षण संस्था, अस्पताल रहेका क्षेत्रहरुमा जलमग्न हुँदा सर्वसाधारणलाई असहज भएको छ भने पानी पर्ने क्रम अझै नरोकिएकाले थप जलमग्न हुने देखिएको छ ।

सदरमुकाम क्षेत्रकै मुख्य भागमा जलमग्न भएपछि सर्वसाधारणलाई आवतजावत गर्न कठीन भएको छ । जलमग्न भएपछि टहरा बनाएर शिविरमा बसेकाहरुको जनजीवन प्रभावित भएको छ । गहिरो भागमा रहेका घरहरुमा पानी पसेको छ । चुरेबाट बगेर आएको पानीले महेन्द्रनगर सदरमुकाममा जलमग्न बनाएको हो ।

सदरमुकाम क्षेत्रमा पानीको निकास हुने ठाउँ नभएकाले यो क्षेत्र हरेक वर्ष वर्षातको समयमा जलमग्न हुदै आइरहेको छ । वर्षाले ठूलो क्षति नभएको र सामान्य केहि ठाउँमा शिविरमा टहरा बनाएर बसेकाहरुको टहरा भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भीमदत्त नगरपालिका अन्र्तगत वडा नम्बर १८, १५, १३, ६, ४, १ लगायतका ठाउँ बढी जलमग्न भएका छन् । अव्यवस्थित रुपमा घरहरु बनाइएको र पानीको निकास नहुँदा पानी जम्ने गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org