ताजा समाचार

पत्नीले चुनाव हारेको झोँकमा पुरोहितले १९ घरका जजमान बहिष्कार गरे

काठमाडौं, २२ असार । श्रीमतीले चुनाव हारेको झोँकमा धनकुटाका एक पुरोहितले आफ्ना १९ घरका जजमान बहिष्कार गरेका छन् । पुरोहित हरिप्रसाद दाहालकी पत्नी रीता कांग्रेसको तर्फबाट छथर गाउँपालिका–५ मा महिला सदस्य उम्मेदवार थिइन् । ‘मेरी पत्नीको पराजयमा आफ्नै जजमानको मुख्य हात रह्यो,’ दाहालले भने, ‘१६ परिवार जजमानले मत दिएको भए जित निश्चित हुन्थ्यो ।’

दाहालले जजमानको घरमा मृत्युपछिको मासिकसमेत नगरिदिएपछि गाउँमा खैलाबैला छ । महिनाअघि निधन भएकी आमाको मासिकका लागि तयारीमा बसेका छथर जोरपाटी गाउँपालिका–५ ताम्लिङका राजेन्द्रप्रसाद चापागाईलाई पुरोहित दाहालले मंगलबार अबेर फोनबाट ‘चुनावमा भोट नदिएकाले नआउने’ जानकारी दिएका थिए ।

‘म अबदेखि मूलबाटो मुनिका सबै घरमा पुरेत भएर कहिल्यै जान्नँ,’ पत्नीले चुनाव हारेकाले आक्रोशित दाहालले भने, ‘मर्दा–पर्दा चाहिने पुरेत र जजमानको साइनो भुलेर भोट नहाल्नेलाई म पनि तिरस्कार गर्छु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org