ताजा समाचार

३३ किलो सुन प्रकरणका आरोपित धमाधम धरौटीमा छुटे, अनुसन्धान गर्ने प्रहरी निराश

काठमाडौं, २२ असार । बहुचर्चित ३३ किलो सुन तस्करीका मुख्य आरोपितलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको निर्णयविरुद्ध सरकारी वकिल पुनरावेदन गएका छन् ।

सुन तस्करीमा संलग्न अरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३३ जनाविरुद्ध मुद्धा चलाएकामा १२ जनालई पक्राउ नै गरेर बुझाएको थियो, जसमध्ये नौजना धरौटीमा छुटिसकेका छन् ।

फरार भनिएका अरु कोहि पनि अदालतमा हाजिर भएर धरौटी आदेशमा छुटिसकेको र केहीले छुट्ने आदेश पाईसकेका छन् । लामो समयसम्म अनुसन्धान गरेर पनि दोषीलाई अदालतले धरौटीमा छुटाएप्रति प्रहरी अधिकारीले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले दोषी प्रमाणित गर्ने प्रशस्त आधार हुँदाहुँदै पनि अदालतले सामान्य धरौटीमा रिहा गर्नुले पनि प्रहरीको मनोवल कमजोर भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org