ताजा समाचार

प्रचण्ड र देउवाबाट केही हुने नदेखिएपछि राजपा एमालेतिर ढल्कियो

काठमाडौं, २६ असार । झन्डै दुई बर्षदेखि एक अर्काबीच शत्रुतापुर्ण ब्यबहार प्रर्दशन गरिरहेका प्रमुख प्रतिपक्षी एमाले र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताबीच राजधानीको एक रिसोर्टमा औपचारिक र सकारात्मक वार्ता भएको छ ।

संविधान निर्माणमा मधेसविरोधी अडान लिएको भन्दै एमालेसंग शत्रुतापुर्ण ब्बयहार प्रर्दशन गरिरहेको राजपाले सत्तापक्षीय गठबन्धन कांग्रेस माओवादी केन्द्र पनि आफ्ना मागप्रति संवेदनशिल नदेखिएको विश्लेषणसाथ एमालेसंग सम्बन्ध सुधारमाा लागेको जनाएको छ ।

राजपा र एमालेका दोस्रो तहका नेताबीच संविधान संशोधन, २ नम्बर प्रदेशमा तेस्रो चरणको स्थानीय तह निर्वाचन र सत्तासमीकरणलगायत विषयमा छलफल भएको बैठकमा सहभागी नेताले बताएको खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org