ताजा समाचार

प्रधानमन्त्रीले सप्तरी बाढी पीडितलाई २५ हजार राहत दिने घोषणा मन्त्रीपरिषद्बाट अनुमोदन

काठमाडौं, २६ असार । सरकारले सप्तरीका बाढी पीडीत प्रतिपरिवार २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बाढी पिडितलाई टहरा निर्माण र जस्तापाता खरिदका लागि तत्काल प्रतिपरिवार २५ हजार रुपैया राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सप्तरीको बाढि प्रभावित क्षेत्रको अवलोकन गरी बाढि पीडितहरुलाई तत्काल २५ हजार रुपैया उपलब्ध गराउने घोषणा गरेका थिए । आजको बैठकले उनको उक्त घोषणालाई अनुमोदन गरेको हो । त्यस्तै सबै बाढी पिडितलाई सोही मापदण्डमा राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी पीडितको बसोबासको व्यवस्था गर्न १५ लाख रुपैयाँ सहुलियत ऋणको व्यवस्था गर्ने बारे प्रधानमन्त्री देउवाले गरेको प्रतिवद्धतालाई पनि बैठकले अनुमोदन गरेको छ । प्रतिनिधि सभाको सदस्य निर्वाचन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई व्यवस्थापिका संसद समक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org