ताजा समाचार

छोरा प्रकाशले बाउ प्रचण्डलाई पाठ सिकाए, ‘शताब्दी पदक’ नलिने प्रचण्डको घोषणा

काठमाडौं, ५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शताब्दी पदक नलिने घोषणा गरेका छन् । त्रिमूर्ति निकेतनले पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डलाई ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’बाट सम्मानित गर्ने निर्णय गरेको थियो । तर प्रचण्डले उक्त पदक नलिने घोषणा गरेका हुन् ।

प्रचण्डको निजी सचिवालयले बिहीबार प्रेस नोट जारी गर्दै ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने घोषणा गरेको जानकारी दिएको छ । साथै सम्मान र पदकका लागि आफूलाई छनोट गरिएकोमा निकेतनलाई धन्यवाद समेत दिएका छन् । यसअघि प्रचण्ड पुत्र प्रकाश दाहालले समेत सरकारले प्रदान गर्न लागेको पदक नलिने घोषणा गरेका थिए ।

सामाजिक कार्यमा अतुलनिय योगदान पुयाएको भन्दै प्रकाशलाई सरकारले गणतन्त्र दिवस ०७४ को अवसर पारेर सुप्रबल जनसेवाश्री सम्मान दिएको थियो । तर सर्वत्र आलोचनापछि प्रकाशले मानपदवी नलिने घोषणा गरेका थिए । प्रकाशले पदक नलिने घोषणा गरेको ठिक डेढ महिनापछि प्रचण्डले समेत सम्मान नलिने घोषणा गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org