ताजा समाचार

तेस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक, भदौ २१ मा मनोनयन दर्ता

काठमाडौं, ५ साउन । असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले तेस्रो चरणमा हुने प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । आयोगको बैठकले कार्यतालिकासहितको निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।

प्रदेश नम्बर २ का ८ जिल्लाका १२७ स्थानीय तहको निर्वाचन सम्पन्न गर्नको लागि आयोगले भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका तय गरेको छ । असोज २ गते बिहान ७ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम्म सञ्चालन गर्ने गरी आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org