ताजा समाचार

काँग्रेस कार्यकर्ताद्धारा एमाले नेता माधव कुमार नेपालको गाडी तोडफोड, २ जना पक्राउ

रामेछाप, ८ साउन । नेकपा एमालेका नेता माधवकुमार नेपालको गाडीमा तोडफोड भएको छ । नेता नेपालको बा ५ प २७५० नम्बरको गाडी नजिकैको बसपार्कमा पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड भएको प्रहरीले जनाएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल पुष्पलाल स्मृतिसभामा सहभागी हुन सरदमुकाम मन्थली पुगेका थिए । शनिवार राति बसपार्कमा पार्किङ गरेर राखिएको गाडी विहान तोडफोड भएको अवस्थामा भेटिएको हो । गाडीको सिसा फुटेको प्रहरीले जनाएको छ । यो पूर्वप्रधानमन्त्री नेपालले नियमित चढ्दै आएको गाडी भने होइन । नेता नेपाल एमाले केन्द्रीय लेखा आयोगका सदस्य होमबहादुर बुढाथोकीको गाडीमा गएका थिए ।

तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सागरकुमार श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन् । पक्राउ परेका दुबै रामेछाप बजारका दुबै कांग्रेस कार्यकर्ता हुन् । कांग्रेस नगरसमितिले पत्रकार सम्मेलन गर्दै सुनियोजित रुपमा आफ्ना कार्यकर्ता पक्राउ गरेको बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org