ताजा समाचार

आफ्नी छोरी विजयी भएपछि प्रचण्डले ओलीको प्रशंसा गर्दै भने ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो’

कास्की, २२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा आलीको प्रशंसा गर्नुभएको छ । प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ४ ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरामा बोल्दै उहाँले ओलीको प्रशंसा गर्नुभएको हो ।

भरतपुरको चुनावका सम्बन्धमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीले चितवनको चुनावी परिणामलाई सहज रुपमा लिँदै आरोप प्रत्यारोप नगर्न पार्टी कार्यकर्तालाई आग्रह गर्दै एउटा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभएको स्मरण गराउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै उहाँले मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रका चुनाव सम्पन्न गर्ने गरी दलबिच छलफल सुरु भएको बताउनुभएको छ ।

दाहालले आफूहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रमुखबाट मात्र राजनीतिक स्थिरता, समृद्धि र विकास सम्भव भएको कुरा सुरुदेखि नै उठाउँदै आएको उल्लेख गर्नुभयो । नेता दाहालले माओवादीप्रति तराईमा सकारात्मक भावना विकास भएको बताउँदै तराई र पहाडबिचको एकता आवश्यक भएको तर मधेशी राष्ट्रवाद र पहाडी राष्ट्रवाद दुवै राष्ट्रको हितमा नरहेको स्पष्ट गर्नुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org