ताजा समाचार

‘नेपाल आइडल’बाट सागर आलेको यात्रामा ब्रेक, को बन्ला पहिलो नेपाल आइडल

काठमाडौं, २४ भदौ । ‘नेपाल आइडल’ बाट सागर आलेको यात्रामा ब्रेक लागेको छ । गत हप्ता प्राप्त भोटको आधारमा ‘नेपाल आइडल’बाट चितवनका सागर आलेमगर बाहिरिएका हुन् । गत हप्ताको बिहिबार प्राप्त भएको भोटका आधारमा उनी आउट भएका हुन् । सागरले सबैभन्दा कम भोट प्राप्त गरेका थिए ।

अब, उत्कृष्ट ३ जनाले ‘नेपाल आइडल’को ट्रफिका लागि कतारमा प्रतिस्पर्धा गर्नेछन् । ‘नेपाल आइडल’को फाइनल कतारमा आयोजना हुँदैछ । जिल्ला अदालतमा मुद्दा परेपछि बिहिबार नेपाल आइडलमा भोटिङको आह्वान गरिएको थिएन । जसकाकारण, पनि गत साताको भोटका आधारमा एकजना बाहिरिएका हुन् । जिल्ला अदालतले शुक्रबार ‘नेपाल आइडल’ विरुद्ध परेको रिट खारेज गरिसकेको छ ।

नेपाली टेलिभिजनमै सर्वाधिक चर्चामा रहेको ‘नेपाल आइडल’मा निशान भट्टराइ, वुद्ध लामा र प्रताप दासविच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । आजको ‘नेपाल आइडल’मा चलचित्र ‘जोनी जेन्टलम्यान’का नायक पल शाह र नायिका आँचल शर्मा चलचित्र प्रचारका लागि पनि पुगेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org