ताजा समाचार

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा एमाले विजयी

जनकपुर, ५ असोज । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्षमा एमालेका मनोजकुमार यादव विजयी भएका हुन् ।

यस्तै उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा एमालेकी मिरादेवी महतोे विजयी भएको हो । योसँगै धनुषाका तीन तहको नतिज आएको छ । हंशपुर नगरपालिकामा राजपा नेपालबाट मेयरमा रामज्ञान मण्डल र उपमेयरमा रेणु झा विजयी भएका थिए । बटेश्वर गाउँपालिका अध्यक्षमा एमालेका डम्बर बहादुर रातउ र उपाध्यक्षमा प्रमिला देवी प्यानलसहित विजयी भईसकेका छन् ।

धनुषामा अहिलेसम्म १८ वटा स्थानीय तह मध्ये नतिजा आउन बाँकी १५ स्थानीय तहमा मतगणना भइरहेको छ । अहिले मतगणना भइरहेका तह मध्ये नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपाल पाँच पाँच तहमा अग्रता कायम गरेका छन् । त्यस्तै राजपा २, एमाले २ र माओवादी एक तहमा अगाडि छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org