ताजा समाचार

काँग्रेस नेता गगन थापाको निर्वाचन क्षेत्रबाट एमालेका राजन भट्टराई चुनाव लड्ने

काठमाडौं, १६ असोज । काँग्रेस नेता गगन थापाको निर्वाचन क्षेत्रबाट एमालेका राजन भट्टराई चुनाव लड्ने भएका छन् । एमालेको प्रतिनिधि सभा काठमाडौं ४ नम्बर क्षेत्रीय समन्वय कमिटीले केन्द्रीय सदस्य राजन भट्टराईलाई उक्त क्षेत्रको सांसद उम्मेदवार सिफारिस गरेको हो ।
भट्टराई हाल नेपाल(भारत प्रबुद्ध समूहका सदस्य तथा एमालेका समानुपातिक सांसद छन् ।

लन्डन विश्वबिद्यालयको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडीबाट अन्तर्राष्ट्रिय राजनीति तथा कूटनीतिक अभ्यासमा स्नातकोत्तर उत्तीर्ण भट्टराईले नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् ।

भट्टराई बिद्यार्थी राजनीति हुँदै एमाले राजनीतिमा प्रवेश गरेका हुन् । एमाले विदेश विभाग सचिव, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको विदेश मामिला सल्लाहकार भट्टराई अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिका विज्ञ पनि हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org