ताजा समाचार

साला साली, श्रीमती र सासुलाई मृत्युदण्डको माग गर्दै एक युवाद्धारा आत्महत्या

एजेन्सी । श्रीमतीलाई मृत्युदण्ड सजायको माग गर्र्दै एक युवाले आत्महत्या गरेका छन् । विवाह गरेको दुईवर्ष नपुग्दै भारतस्थित आगराका विशेष मेडतवालले श्रीमतीलाई मृत्युदण्डको माग गर्दै आत्महत्या गरेका हुन् । २०१५ नोभेम्बरमा धुमधामसँग रितिका उर्फ (मोहिनी) सँग विहे गरेका मेडतवालले १६ पेजको सुसाइड नोट लेखेर आफ्नी श्रीमती र सासुलाई कारबाहीको माग गर्दै मोदी सरकारसँग गुहार मागेका हुन् ।

आफ्ना बाबुसँगै आर्टिफिसियल सुनको कारोबारी गर्ने ती युवाले आफ्ना साला साली, श्रीमती र सासुलाई कारबाहीको माग गर्दै आत्महत्या गरेका हुन् । मेडतवालकी आमाका अनुसार घरपरिवारसँग छुट्टीएर बस्ने जिद्धी गरेकी बुहारी मोहिनी दुई महिनादेखि माइतीमा बस्दै आएकी हुनाले आफ्नो छोरा डिप्रेशनमा गएको र आत्महत्या गरेको प्रहरीलाई बताएकी छन् । मेडतवाल आइतबारका दिन आफ्नै कोठामा मृत भेटिएका थिए ।

उनले सुसाइड नोटमा भनेका छन्–‘ मैले यसकारण आत्महत्या गरे की, मेरी श्रीमती, सासु र साला सालीलाई सजाय मिलोस् । मलाई मोदी सरकारसँग पूरा भरोसा छ की कोर्ट उनीहरुलाई सजाय दिन अपिल गर्नेछ । ताकी कोही पनि ससुरालीहरुको यस्तो किसिमको उत्पीडनमा कोही पनि युवा नपरुन ।’

‘उनीहरुलाई फाँसीको सजाय हुनुपर्छ । अनिमात्र मेरो आत्मालाई शान्ति मिल्नेछ । होइन् भने म भूत बनेर उनीहरुलाई दुःख दिइरहनेछु । मेरी आमाले मोहिनीलाई धेरै माया दिइन् । हरेक समय श्रीमतीलाई उनकी आमाले भड्काउथीन्, घरपरिवारसँग छुट्टिएर एक्लै बस्न दबाब दिन्थीन् । पसलबाट फर्किएपछि आमासँग बस्दा श्रीमतीले नराम्रो मान्थिन् । म आमालाई छोड्न चाहान्नथे । तर, यति धेरै हैरान भएकी मलाई आत्महत्या गर्न बाध्य बनाईयो ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org