ताजा समाचार

यी हुन्, एउटाले नपुगेर दुई पटक सुहागरात मनाउने नेपाली सेलिब्रेटी

काठमाडौं, १ कात्तिक । अभिनेता भुवन के.सीले हालै चर्चित अखबार नयाँ पत्रिकासँगको कुराकानीमा जीवनमा दोस्रो विवाह गर्नु जीवनको ठूलो भूल भएको बताएका छन् । पहिलो विवाह समाचार वाचिका विजयासँग गरेका भुवनले दोस्रो विवाह अभिनेत्री शुष्मिता बोम्जनसँग गरे ।

पहिलो विवाहबाट भुवन एक छोरा र एक छोरीका पिता बनिसकेका थिए । तर महिला प्रेममा भुतुक्क हुने भुवनको जीवनमा सुष्मिता बोम्जनको आगमन भए पछि विजयासँगको सम्बन्ध चिसियो । उनको बैवाहिक कथा कुनै सिनेमाको कथा भन्दा कम छैन । विजयासँग टाढिए सँगै भुवन सुष्मिताको अंगालोमा रमाउन थाले । उनैसँग घरजम गरे । अनमोल केसी भुवन र सुष्मिताका सन्तानको रुपमा जन्मिए ।

अनमोल उनै हुन् जो अहिलेका सबै भन्दा बिकाउ सेलिब्रेटिका रुपमा सिने उद्योगमा चिनिएका छन् । भुवन र सुष्मिताको जोडी श्रीमान् श्रीमतिको रुपमा मात्र सिमित रहेन । भुवनले नै सुष्मितालाई सिनेमाको निमार्ता बनाए । नायिकाको रुपमा सिनेमाको पर्दामा उतारे । यो दम्पतिले सिने उद्योगमा राम्रै नाम, काम र दाम कमाई रहेको बेलामा अचानक सम्बन्धमा फाटो आएको खबर सार्वजनिक भयो ।

धेरैलाई बिश्वासै नलाग्ने गरि सुष्मिताले पनि भुवनको साथ छोडिन् । धेरैले अनुमान गरे, भुवन पर्दामा जस्तै वास्तविक जीवनमा पनि महिला पात्रसँगको रोमान्समै बढी तल्लिन भएकै कारण यो सम्बन्ध पनि दिगो हुन सकेन । अहिले भुवन कानूनी रुपमा एक्ला छन् । भुवनबाहेक अन्य केही सेलिब्रेटीहरु पनि छन् जसले दोस्रो विवाह गरे ।

हरिवंश आचार्य:

बाध्यताले गरेको भएपनि दोस्रो विवाह गर्ने कलाकारमा पर्छन् हरिवंश आचार्य पनि । पहिलो श्रीमती मीराको निधन भएपछि कलाकार हरिवंश आचार्यले बुटवलकी रमिला पाठकसँग दोस्रो विवाह गरेका हुन् । ५४ वर्षको उमेरमा हरिवंशले रमिला पाठकसँग २०६९ सालको असारमा विवाह गरेका हुन् । यी दुईको विवाहमा लमीको काम अभिनेत्री बसुन्धरा भुषालले गरेकी थिईन् । रमिला र हरि दुवैको दोस्रो विवाह हो ।

पहिलो विवाहबाट रमिलाका एक छोरा छन् भने हरिका दुई छोरा छन् । अहिले रमिलाका छोरा अस्ट्रेलियामा ईन्जिनियरिङ गरिरहेका छन् । त्यस्तै हरिवंशका दुईवटा छोरा मध्ये जेठा छोरा त्रिलोक अमेरिकाको गुगल कम्पनीमा कार्यरत छन् । कान्छा छोरा मोहित नेपालमै व्यवसाय गरेर बसेका छन् ।

सचिंता लुईटेल:

विवाह जस्तो कुरामा हतारमा निणर्य गरेर फुर्सदमा पछुताउने नायिका संचिता पनि हुन् भन्ने गरिन्छ सिने उद्योगमा । सिने उद्योगमा संचिताको प्रवेश हुँदा धेरैले भन्थे पढे लेखेकी नायिका बल्ल सिने उद्योगले पायो । तर संचिताबाट आशा गरेको जस्तो फल शुभ चिन्तकले पाएनन् । व्यावसायिक करियरमा उदाउँदै गर्दा उनले आकाश साहसँग लगनगाँठो कस्ने निणर्य गरिन् । यसमा उनको खुशी थियो होला तर भन्नेहरु भन्थे यो हतारको निणर्य थियो । विवाह पछि पनि संचिता सिने उद्योगमा त्यत्ति जम्न सकिनन् ।

दुई जना बीचको सम्बन्धको कुरा अरुलाई के थाहा, आकाश र संचिताले पनि अलग हुने निणर्य कानूनी रुपमै पूरा गरे । आकाश थप अभिनय सिक्न मुम्बैतिर लागे । संचिताको मनले साथी खोज्न थाल्यो । सिने उद्योगमा सिनेमा अप्सराबाट डेब्यु गरेकी संचिताले निखिलको अंगालो रोजिन् । निखिल आफै पनि विवाहित हुँदा हुँदै संचिताको माया प्रेममा पागल भए । सिनेमाको पर्दामा जस्तै उनीहरुले पनि नयाँ घर बसाले । निखिलसँगको विवाहपछि दुई सन्तानकी आमा बनेकी संचिता अहिले सिनेमामा फर्किईसकेकी छिन् ।

निखिल उप्रेती:

नेपाली कथानक चलचित्रहरुको एकक्षत्र राज भईरहेका बेलामा सिने उद्योगमा निखिलको प्रवेशसँगै सिनेमाहरु भयानक हुन थाले । कथानकको सट्टा भयानक चलचित्रहरु एका एक हिट हुन थाले । भुवन के.सी, राजेश हमालको सट्टा दर्शक र निमार्ताले निखिललाई रोज्न थाले । एक समय यस्तो थियो दर्शकहरु निखिल उप्रेती बिनाका एक्सन सिनेमा के सिनेमा ? भन्थे । आफ्नो अभिनय र एक्सनबाट सबैको मन जितेका थिए निखिल उप्रेतीले ।

दर्शक, निमार्ता र निर्देशकले उनलाई रोजे रोजे एउटै क्षेत्रमा काम गर्ने नायिकाले पनि जीवन साथीको रुपमा उनैलाई खोजेपछि निखिल पनि अलमल्लमा परे । पर्दामा धेरै जनासँग नाटकिय प्रेम गरेका उनले संचितासँग पर्दा बाहिर पनि प्रेम गर्न थाले । घरमा माया गर्ने श्रीमती र उत्तराधिकारीमा रुपमा छोराको बाउ भैसकेका निखिल संचिताको प्रेमजालबाट बाहिर निस्कन सकेनन् । उनीहरु दुवैले दोस्रो विवाह गर्ने निणर्य गरे । पहिलो बिवाहको कानूनी हैसियत यथावत हुँदा हुँदै अर्को विवाहमा गाँसिएका निखिल हाल दुवै श्रीमतीलाई उत्तिकै माया गर्छन् ।

छविराज ओझा: 

निर्माता छविराज ओझाले पनि जीवनको चार दशकमा १८ वर्ष कान्छी रेखा थापासँग दोस्रो विवाह गरे । तर धेरैले छविको रेखासँग तेस्रो विवाह हो पनि भन्छन् । तर यी दुईको वैवाहिक सम्बन्ध टिक्न सकेन । विवाहको दश वर्षमा यी दुई एकअर्कासँग अलग पनि भईसकेका छन् । छविले नेपाली सिनेमामा कलाकार भित्र्याउने निर्माताको रुपमा आफूलाई स्थापित गरेका छन् । रेखा थापालाई पनि उनैले सिनेमामा प्रवेश गराएका हुन् ।

पवन मैनाली: 

५२ वर्षिय कलाकार तथा निर्माता पवन मैनाली पनि यहि वर्ष बैशाख ११ गते दोस्रो पटक विवाह बन्धनमा बाँधिए । दोलखाकी लक्ष्मी सिवाकोटीसँग उनले मागी विवाह गरेका हुन् । दर्जनौँ सिनेमामा अभिनय गरेका पवनले सिनेमा ‘पिंजडा’ निर्माण गरेर निर्माताको रुपमा पनि आफूलाई चिनाएका छन् । एक पटक सिनेमा ‘दिदी बहिनी’को छायांकनको समयमा दुर्घटनामा परेर घाइते भएका मैनाली त्यस समयदेखि राम्रोसँग हिड्न र बोल्न सक्दैनन् । यहि कारण उनी केही समय अघि देखि एक बृद्धाआश्रममा बस्दै आएका थिए । लक्ष्मीसँग विवाह गरेपछि भने उनी कपनस्थित घर फर्किएका छन् ।

पूजा चन्द:

निर्देशक सुरज चन्दसँग विवाह गरेर छोरी जन्माई सकेपछि मात्रै पूजा चन्द सिने उद्योगमा नायिकाको रुपमा उदायिन् । तत्कालिन समयमा उनी सिने उद्योगकी चल्तिको नायिका थिईन् । सुरजसँगको बैवाहिक सम्बन्ध पनि ठीकै थियो । अभिनयमा राम्रै छाप छोडेकी अभिनेत्री पूजा चन्द अचानक कार्यक्रमको सिलसिलामा अमेरिका उडिन् । पूजाले अमेरिकामै लामो समय बस्ने निणर्य गरेसँगै सुरजसँग सम्बन्ध पनि चिसियो । अनि उनीहरु कानुनी रुपमै अलग भए ।

पूजा अमेरिका कै दैनिकिमा रमाउन थालिन । सुरज तिरबाट जन्मिएकी छोरीलाई पनि उनले सँगै अमेरिका लगिन् । अमेरिकामै बसोबास गर्ने क्रममा अमेरिकामै बसोबास गरिरहेका गायक राजु लामाको प्रेममा परिन् पूजा । दुवैको मन मिलेपछि पूजाले राजुसँग दोस्रो विवाह गरिन् । नेपाली सिनेमा हाम्रो सानो घर होला, शहर, वर पीपल जस्ता चर्चित सिनेमामा पूजाको अभिनय छ ।

सिम्पल खनाल:

मोडलिङमा आफ्नो नामलाई चर्चित बनाएपछि सिम्पल खनालले म्युजिक भिडियो निर्देशक प्रशन्न पौड्यालसँग लगन गाँठो कसिन् । नाम सिम्पल भए पनि मोडलिङमा ग्लामर देखिने उनी पेशामा सजिलै सफल भईन तर पहिलो घरजममा जम्न सकिनन् । सिम्पलको पहिलो विवाह लामो समय टिक्न सकेन । धेरै शुभ चिन्तकलाई अचम्म बनाउँदै म्युजिक भिडियो निर्देशक प्रशन्न पौड्यालसँगको बैवाहिक सम्बन्ध सिम्पलले अन्त्य गरिन् ।

प्रशन्नसँग पहिलो विवाह गरेकी सिम्पलको सम्बन्ध विच्छेद भएपनि व्यावसायिक कामलाई भने अघि बढाईन् । देखेको हुँदैन लेखेको हुन्छ भने जस्तै सम्बन्ध बिच्छेदको केही वर्षमै सिम्पलको जीवनमा नयाँ बहार आयो । उनले भारतीय मुलका व्यापारी नदिनलाई नयाँ जीवन साथी रोजिन् । सिम्पलले माझी दाई, अध्याय जस्ता सिनेमामा पनि काम गरेकी छिन् ।

शकंर बि.सी

दक्षिण भारतमा रजनिकान्त, बलिउडमा अमिताभ, कलिउडमा राजेश हमालको उचाई, ख्याति र सम्मान जस्तो छ लगभग त्यस्तै पहिचान नेपाली लोक गीत संगीतको बजारमा शंकर बि.सिको पनि छ । पेशामा जति सफल र खुशी शंकर छन् पारिवारिक जीवन त्यस्तो छैन । नाच्न नचाउन उनी जति खप्पिस छन् महिलासँगको अतिरिक्त सम्बन्धमा पनि उनी खप्पिस नै छन् । त्यसैले एक भन्दा बढी विवाह गर्ने सेलिब्रेटिमा उनको पनि नाम छुट्दैन ।

पहिलो विवाह गरेर श्रीमतीलाई नेपालगंज तिरै व्यवस्थित घरबार बसालेका शंकरको नाम धेरै जनासँग जोडिए पनि निशा सुनारसँग चैं लगनगाठो नै कसियो । निशा लोक गायिका हुन् र लोकगीतको मोडलिंगमा व्यस्त हुँदै गर्दा उनीहरुको प्रेम मौलाएको बुझिन्छ । शंकर र निशाकी एक छोरी छन् । (गफगाफको सहयोगमा)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org