ताजा समाचार

उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व समापन, (फोटोसहित)

काठमाडौं, १० कात्तिक । आज विहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न भएको छ । व्रतालुहरुले हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । रातभर जाग्राम बसेका उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिएका हुन् ।

सूर्यलाई अर्घ दिन काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लाहरुका नदी, तलाउ, खोला लगायतका किनारमा व्रतालुहरुको घुइँचो लागेको छ । खासगरी मिथिलाञ्चल क्षेत्रमा छठको विशेष उल्लास छ ।

अर्घको रूपमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ ।

यसैबीच छठ पर्वको अवसरमा आज पनि सरकारले सार्वजनिक विदा दिएको छ । यसअघि अस्ताउँदो सूर्यलाई अर्घ दिने दिनमात्रै सार्वजनिक विदा दिइन्थ्यो । यस पटक पनि छठमा दुई दिन सार्वजनिक विदा दिइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org