ताजा समाचार

तरकारीवाली कुसुम अब भईन् ‘लम्फू’ वाली हिरोइन्

काठमाडौं, १२ कात्तिक । तरकारीवाली नामले चर्चित भएकी गोरखाकी कुसुम श्रेष्ठ अब फिल्ममा देखिने भएकी छन् । श्रेष्ठ ‘लम्फू’ नामक चलचित्र मार्फत पर्दामा देखिने भएकी हुन् ।

चर्चामा रहेको समय चलचित्र अभिनय सोच नभएको बताएकी उनले ‘लम्फु’ नामक चलचित्र भने अभिनय गरेकी छन् । निर्देशक गोपालचन्द्र लामिछानेले उनलाई आफ्नो चलचित्र ‘लम्फु’ मा अभिनय गराउन सफल भएका हुन् ।

सामाजिक कामका लागि आफुले ‘लम्फु’ चलचित्र गरेको कुशुमले बताइन् । चलचित्र अभिनयको पारिश्रमीक उनले अनाथ बालबालिकाको लागि खर्च गरेकी छन् ।

यसै बर्ष भित्र रिलिजमा आउने चलचित्र ‘लम्फू’मा उनी कस्तो भूमिकामा रहेकी छन् त ? धेरैको चासोको बिषय यही हो । तर उनले आफ्नो भुमिका खुलाउन चाहिनन् । भनिन् ‘तपाइ र दर्शकले हलमा गएपछि मात्र मेरो भूमिका थाहा पाउनु हुनुहुनेछ ।’

‘लम्फु’को छायांकन अघिल्लो बर्ष नै भएको थियो । तर पनि निर्माण युनिटले कुशुमको अभिनय गोप्य राख्न सफल भयो । तर अहिले चलचित्र रिलिजको मिति नजिकिदै गर्दा निर्माण युनिटले यो बिषय लुकाउन सकेन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org