ताजा समाचार

२ नम्बर प्रदेशमा सिट बाँडफाँटः संघीय फोरमलाई १७ र राजपालाई १५ सिट

काठमाडौं, १४ कात्तिक । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रदेश २ का प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् । प्रदेश २ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ भने १५ सिट राजपाले पाएको छ । प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट राजपाले पाएको छ ।

पर्साको १,२ र ३ फोरमले लिएको छ भने ४ राजपाले पाएको छ । बाराको १ र ४ राजपाले लिँदा २ र ३ फोरमको भागमा परेको छ । रौतहटको १, २ र ४ राजपाले तथा २ फोरमले पाएको छ । सर्लाहीको १, २ र ४ राजपाले पाउँदा २ फोरमको भागमा परेको छ ।

सर्लाहीको १, २ र ४ राजपाले लिँदा ३ फोरमको भागमा परेको छ । धनुषाको १, २ र ४ राजपा तथा ३ फोरमले पाएको छ भने सिरहाको १, २, ४ फोरम र ४ राजपाको भागमा परेको छ । सर्लाहीको १ र २ फोरम तथा ३ र ४ ले लिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org