बाढी गएको तीन महिनापछि तराईका बाढीपीडितलाई राहत प्याकेज दिने सरकारको घोषणा
काठमाडौं, २० कात्तिक । तराईका बाढीपीडितलाई राहत प्याकेज दिने सरकारले घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले तराई मधेशका बाढी प्रभावित क्षेत्रमा राहत प्याकेज दिने निर्णइ गरेको हो । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखैमा तराई मधेसका बाढी प्रभावित क्षेत्रमा राहतको विशेष प्याकेज ल्याउने निर्णय गरेको हो । विशेष प्याकेजको तयारी गर्न अर्थमन्त्रालयलाई जिम्मा दिएको छ ।
साउन महिनामा आएको बाढी र पहिरोले तराई मधेसको अधिकांश बस्ती डुबानमा परेको थियो भने ठूलो जनधनको क्षति भएको थियो । त्यसको तीन महिनापछि सोमबार बसेको मन्त्रिपरिषद बैठकले विशेष राहत प्याकेज ल्याउने निर्णय गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले भने, ‘बाढी पीडितका लागि विशेष राहत प्याकेजको तयारी गर्न अर्थ मन्त्रालयलाई जिम्मा दिइएको छ । यो प्याकेज एक/दुई दिनमा सार्वजनिक हुन्छ ।’
सरकारले रक्षा सचिवमा विनोद केसीको सरुवा गरेको छ भने मलेसियाको राजदूतमा निरन्जनमान बस्नेतलाई अर्को व्यवस्था नभएसम्म यथावत राख्ने निर्णय पनि गरेको छ ।
यसैगरी मन्त्रिपरिषद बैठकले अमेरिकाले ग्रामिण कृषि सडक निर्माणका लागि दिने एक सय मिलियन डलर सहयोग लिने विषयमा सहयोग गर्न वार्ता समिति गठन गरिएको छ । १६ जिल्लामा रहेको ३८८ किलोमिटर लामो ग्रामिण कृषि सडक निर्माण गर्न अमेरिकाले एक सय मिलियन डलर सहयोग दिने प्रस्ताव गरेको छ ।
Comments
अरु समाचार
-
विद्युतीय गाडीको आयात उच्च, ९अर्ब ३६ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन
काठमाडौं । सरकारको प्रोत्साहनका कारण नेपालमा विद्युतीय गाडीको आयात उच्च भएको छ । चालू आर्थिक वर्षको १० महिना अर्थात् साउनदेखि...
-
सुनको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी...
-
सुनको मूल्य तोलामा नौ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु नौ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका...
-
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१...
-
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
काठमाडौं । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार...
-
सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी...
-
किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण
काठमाडौं । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास...
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...