ताजा समाचार

अन्डरवर्ल्ड डन दाउद इब्राहिमको अचल सम्पत्ति लिलाम

एजेन्सी, २९ कात्तिक । अन्डरवर्ल्ड डन दाउद इब्राहिमको अचल सम्पत्ति लिलाम गरिएको छ । मुम्बईस्थित अफरोज होटल, डाबरवाला बिल्डिङ र शबनम गेस्ट हाउस लिलाम बिक्री गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्पत्ति लिलाम भएलगत्तै दाउदका एक सहयोगीले फोनमार्फत भारतका एक पत्रकारलाई कडा प्रतिक्रिया दिएका छन्। पाकिस्तानको कराँचीबाट दाउदका सहयोगीले भारतीय टेलिभिजन च्यानल ‘आजतक’का संवाददाता विरेन्द्र सिंहलाई फोन गरी भारतले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन्।

उनले सन् १९९३ मा मुम्बईमा भएको बम विस्फोटलाई नभुल्न पनि चेतावनी दिएका छन् । धम्की दिने व्यक्तिले आफ्नो नाम उस्मान बताएका छन्। उनले मोदी सरकारसँग दाउद नडराउने पनि प्रष्ट पारेका छन्। भारतले दाउदलाई सर्वाधिक खोजीको सूचीमा राखेको छ। उनीविरुद्ध विभिन्न आपराधिक मुद्दा छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org