काठमाडौंलाई स्मार्ट सिटी बनाउने महानगरको तीनमहिना सम्म ढल फुटेकोमा ध्यान गएन
काठमाडौँ, ४ मंसिर । पुरानो बसपार्क क्षेत्रमा अहिले ढल फुटेर दुर्गन्धित हुँदा आवत जावत गर्न वटुवालाई कठिनाई भएको छ । काठमाडौ महानगरपालिकाले समयमै ध्यान नदिँदा वटुवा नाक थुनेर हिडडुल गर्न वाध्य भैरहेका छन् । ढल फुटेर दुर्गन्धित हुन थालेको तीन महिनाभन्दा वढी समयवितिसकेको छ ।
खुलामञ्चको केही भागलाई टिनको वारलगाई अस्थायी वसपार्कका रुपमा सञ्चालन गरिएको थियो । स्थानान्तरणसंगै उपत्यका भित्र र वाहिर समेत आवतजावत गर्ने प्रमुखस्थलका रुपमा रहेको सो स्थान अव्यवस्थित बन्न पुगेको थियो ।
विगत तीन महिनादेखि महानगरपालिकाको वडा नं २८ मा पर्ने खुलामञ्च पुरानो बसपार्क क्षेत्रबाट ढल फुटेर सडकमा बग्दा महानगर लगायत सम्बद्ध कुनै सरोकार निकायको चासो जान सकेको छैन ।
सडक र पैदलमार्ग माथिबाट ढलको कालो न कालो लेदो बग्दा सो माथि टेक्दै हिँड्नुपरेको भक्तपुर सूर्यविनायककी राममाया कोजुले गुनासो गर्नुभयो । बसपार्कको खुलामञ्च, सैनिक मञ्चतिरको भागबाट ढल बगिरहेको देखिन्छ ।
त्यसैगरी वीर अस्पतालको आवासीय भवनअघिको पैदलमार्गमा पनि ढल फुटेर हिँडडुल गर्न नसकिने भएको उपचारका लागि मकवानपुरबाट आउनुभएका रञ्जित तामाङले बताउनुभयो । “मानिस बिरामी भएर उपचारका लागि अस्पताल आउँछन्, उपचार गर्ने अस्पतालको आँगनमा ढल फुट्दा किटाणुले बिरामीलाई थप संक्रमण गर्ने अवस्था छ, फुटेको ढल नबनाउँदा अस्पताल आएका बिरामीलाई बढी असर पर्ने देखिन्छ । ” उहाँले भन्नुभयो ।
महानगरपालिकाले चार दिनअघि नै फुटेको ढल पुनःनिर्माणका लागि लगत अनुमान गरे पनि काम सुरु नभएको स्थानीयवासी वतउँदछन् । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ १० दिनभित्र ढल व्यवस्थित गरिने जानकारी दिनुभयो ।
“पाँच दिनअघि रत्नपार्क क्षेत्रलाई धुलो मुक्त गर्न के गर्नुपर्छ भनी स्थलगतरुपमा अध्ययन गर्न जाने क्रममा मैले बसपार्कअघि ढल बगेको देखेँ, भोलिपल्ट नै महानगर निर्माण विभागलाई लगत अनुमान तयार गरी ढल बन्द गर्न निर्देशन दिइएको छ । ” उहाँले भन्नुभयो । सो क्षेत्रमा ढल फुटेर आएको समस्याका बारेमा कुनै निकायबाट सूचना नआएको स्पष्ट पार्दै उपप्रमुख श्रेष्ठले ढलको समस्या छिटोभन्दा छिटो समाधान गरिने जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
काठमाडाैँ । अत्यधिक गर्मी बढेपछि बुटवल नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिइएको छ । उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने...
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...