ताजा समाचार

लोकतन्त्रमा मात्र आर्थिक विकास हुन्छ : उद्योगपति चौधरी

 

धनगढी, ९ मंसिर । वरिष्ठ उद्योगपति विनोदकुमार चौधरीले लोकतन्त्रमा मात्र देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सहज हुने बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसको समानुपातिक उम्मेदवारसमेत रहनुभएका चौधरीले लोकतन्त्रसँग अर्थतन्त्रको ठूलो सम्बन्ध रहेको चर्चा गर्नुभयो ।

विकास र समृद्धिका लागि प्रशस्त सम्भावनाहरु सुदूरपश्चिम ७ नं प्रदेशमा रहेको भए पनि अहिलेसम्म यो क्षेत्र विकासबाट पछि परेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सुदूरपश्चिमलाई विशेष आर्थिक क्षेत्र बनाउन जरुरी छ ।” उहाँले भन्नुभयो, “ आर्थिक एजेण्डाको स्वामित्व बोक्ने र विकासको रोडम्यापलाई अन्तिम गन्तव्यमा पु¥याउन जिम्मेवारी लिने सरकारको आवश्यकता छ ।”

पत्रकार सम्मेलनमा काँग्रेसका अर्का समानुपातिक उम्मेदवार उमेश श्रेष्ठले आर्थिक विकासका कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org